१७ भाद्र २०८२, मंगलवार
Follow Us

पत्रकार राजेन्द्र पराजुलीको निधन

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८०, मंगलवार ०५:२६

काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ज्वरो र निमोनियाका कारण ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो

आजै दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । लामो समय पत्रकारिता गरेका पराजुलीले अखबारमा २२/२३ वर्ष काम गरे भने साहित्यिक पत्रकारितामा करिब ३० वर्ष बिताएका थिए ।

कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन् । ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, विकल्प यात्रा, भ्रष्ट संवेदना, जाडोमा भोक, सपनामा मार्क्स, अनायिकालगायत दर्जनौं कृति चर्चित छन् ।

धेरै पढिएको