२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए महिला सहकोषाध्यक्षमा अमृता थापाको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८०, बिहीबार ०७:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला सहकोषाध्यक्षमा अमृता थापाले उम्मेदवारी दिने भएकी छन् ।

उनले संघको अक्टोवर तेस्रो साता हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनीले विगत १६ बर्ष देखि एनआरएन चीनको सदस्य, महिला संयोजक , अध्यक्ष, आइसीसी केन्द्रीय सदस्य, एशीया प्यासीफिक क्षेत्रीय महिला संयोजकको जिम्मेवारी समालिसकेकी छन् ।

उनी हाल महिला सहकोषाध्यक्ष पदमा सकृय छन् ।

उनले सँस्थाको खस्केको गरिमालाई पुनः उच्च बनाऊन निरन्तर लाग्ने पर्ने अठोटका साथ पुनः सोही पदमा उम्मेदवारी दिने बताएकी छन् ।