१७ असार २०८१, आईतवार
Follow Us

कांग्रेस रुपान्तरण अभियान लिएर नेता गुरु घिमिरे लण्डनमा

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८०, आईतवार २०:४६

लण्डन । नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षका गुरुराज घिमिरे लण्डन आएका छन् ।

नेपाली जनसम्पर्क समिति वेलायतका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीका अनुसार उनी बेलायतमा आगामी अक्टोवर २ तारिख सम्म रहने छन् ।

घिमिरे आइतवार साँझ लण्डनस्थित हित्रोविमास्थल उत्रिदा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

घिमिरेले नेपाली कांग्रेसको रुपान्तरणको लागि अभियान संचालन गर्न लण्डन आएको त्रिपाठीले जानकारी दिए ।

घिमिरे बेलायतका ५ वटा शरहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी बताइएको छ ।