१० भाद्र २०८३, बुधबार
Follow Us

गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार ११:१८

काठमाडौं । भोटेकोशी बाढीको इपिसेन्टर बनेको गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एकजना अध्यक्षपनि सम्पर्कविहीन भएका छन ।

गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले हराएका जनताको संख्या टिप्न आफूले र कर्मचारीले नभ्याएको जानकारी गराएका छन । गाउँपालिका अन्तर्गत वडा नम्बर २ र ५ का तटीय क्षेत्रका सयौं बासिन्दा बेपत्ता रहेको समेत बताएका छन ।

गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ पनि बिहान बाढीलगत्तै बेपत्ता भएका छन । दुवै जनाको फोन सम्पर्कविहीन हुँदै अहिले आएर स्वीच अफ भएको अध्यक्ष नुर्पुले जानकारी दिए । उपाध्यक्ष तामाङ पनि वडा नम्बर ५ स्याफ्रुबेसीकी हुन् ।

वडा नम्बर २ रसुवागढी टिमुरे क्षेत्र हो । बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेको पनि उनले बताए । आफू केही बोल्न नसक्ने अवस्थामा रहेको र मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उनले बताए ।

धेरै पढिएको