२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन : एउटै देशले दुई पटक भन्दा बढी क्षेत्रीय संयोजकमा चुनाव लड्न नपाउने

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८०, बुधबार २०:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा हुने निर्वाचनमा एउटै देशबाट दुई पटक भन्दा बढी क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन नपाउने भएका छन् ।

निर्वाचन समितिले मंगलवार जारी गरेको सूचना अनुसार क्षेत्रीय संयोजकको हकमा एउटै देशबाट लगातार दुई पटक भन्दा बढी निर्वाचित हुन अयोग्य मानिने हुँदा त्यस्तो उम्मेदवारको मनोनयन रद्ध हुने उल्लेख छ ।

संघको पछिल्लो संशोधित विधानअनुसार तर अन्य देशबाट उम्मेदवारी नपरेमा यो प्रावधान लागू हुने छैन् ।

नयाँ वैधानिक व्यवस्था अनुसार पटक पटक क्षेत्रीय संयोजकको नेतृत्व गरेका अमेरिका, अष्ट्रेलिया, जापान लगायतका देशले अव हुने महाधिवेसनमा संघको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन पाउने छैनन् । संघको पछिल्लो प्रावधानले साना देशरुलाई समेत क्षेत्रीय नेतृत्व समाल्ने मौका मिल्ने भएको छ ।