१८ बैशाख २०८१, मंगलवार
Follow Us

गोरखामा एनआरएनको अर्को सहयोग, एनआरएन नेदरल्याण्डले स्कुल बनाउने

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार १९:४०

एनआरएनले भूकम्पपीड़ितका निम्ति सयौ घरहरू बनाइरहेको गोरखा जिल्लामा एनआरएन नेदरल्याण्ड्सले विद्यालय भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ ।

एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष हिमाल गुरुङ्गका अनुसार १३ लाख ७४ हजार ४ सय ७४ रुपैंया आर्थिक सहयोग गर्ने गरी गोरखा जिल्लाको मान्बु गाविस वडा नम्बर ६ पोखरीचोकस्थित सिद्धार्थ बनस्थली निम्न माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माण गरिदिन लागिएको हो । भवन निर्माणका लागि एनआरएन नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष केशवराज पाण्डे, उपाध्यक्ष महेन्द्र सुवेदी, उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भवन निर्माणका लागि पहिलो किस्ता स्वरुप ७ लाख १५ हजार रुपैंया प्रदान गरिसकिएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्नेमध्येका एक महेन्द्र सुवेदीका अनुसार यसरी बन्न लागेको विद्यालयले स्थानीयहरूमा खुशी र उत्साह सञ्चार गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कोषाध्यक्ष र प्रधानाध्यापकको नाममा संयुक्त खाता खोलिएको छ भने भवन निर्माण कार्यले गति लिएकाले बाँकी किस्ता पनि छिटै उपलब्ध गराइने बताइएको छ ।

भवन निर्माण योजनाको जिम्मेबारी बोकेका उपाध्यक्षद्वय केशवराज पाण्डे र महेन्द्र सुवेदी एनआरएन नेदरल्याण्डको आगामी कार्यकालका निम्ति पनि नेतृत्वमा बसिदिए सजिलो हुने नेदरल्याण्डका एनआरएन अभियन्ताहरूको राय छ ।