१७ असार २०८१, आईतवार
Follow Us

‘एनआरएन द सिङगर’ को लागि नाम पठाउने आज अन्तिम दिन

नेपालब्रिटेन डट कम्
४ आश्विन २०८०, बिहीबार २१:४२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो ‘एनआरएन द सिङगर’ को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको छ ।

सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको छ । गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगतमा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आआफ्नो नाम दर्ता गरि सक्नु पर्ने हुन्छ ।

“एनआरएन द सिङ्गर” नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावको कारण स्थगित गरिएको थियो । उक्त कार्यक्रम संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनकोे अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो ।

अहिलेसम्म जापान साइप्रस, अस्ट्रेलिया,बेल्जियम, डेनमार्क, फिनल्यान्ड, युके,अमेरिका,रसिया,साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, नर्वे,अस्ट्रिया, जर्मनी,स्वीडेन,इराक, क्यानडा, पोर्चुगल लगायतका देशहरूबाट सहभागिता भैसकेको छ।

राजधानी काठमाण्डौमा फाइनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसीे) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ । कार्यक्रम संयोजक गौतमले प्रतियोगितमा नयांपुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए ।

प्रतियोगिताको लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगितकार रुपक कुमार शाहीसमुदा रहेको निर्णायक मण्डल गठन गरिएको छ। कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ । कार्यक्रमको व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाण्डौले लिएको छ ।