२३ बैशाख २०८१, आईतवार
Follow Us

अनुभवी नेतृत्वले मात्र संस्था वलियो बन्छ : रोशन थापा, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
५ आश्विन २०८०, शुक्रबार ०१:०१

हामी गर्व गर्न लायक संस्था बनाउने अभियानमा छौं : रोशन थापा, एनआरएनए उपाध्यक्ष

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएन) का युवा उपाध्यक्ष रोशन थापाले संस्थालाई गर्व गर्न लायक बनाउने अभियानमा जुट्न आब्हान गरेका छन् ।
गैरआवासीय नेपाली संघ कोरियाले विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निर्वाचनको मुखमा साधन र स्रोतले समेत धान्न नसक्ने गरि घोषणापत्र जारी नगर्न आग्रह गरे । उनले भाषणले भन्दा काम गरेर देखाउने वेला आएको तर्क गर्दै संस्थाको अनुभवी र नयाँपुस्ताको समिश्रणले मात्र अभियान बलियो हुने विचार व्यक्त गरे ।

थापाले गैरआवासीय नेपाली संघ कोरियाले सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै निर्वाचन कोरियामा देखिएको एकताले संस्थाभित्र उत्साह थपेको बताए ।
गैरआवासीय नेपाली संघको अक्टोवर १९ तारिख हुने निर्वाचनमा पुनः युवा उपाध्यक्षको लागि उम्मेदवार बनेका थापाले आगामी निर्वाचनमा आफुलाई मत दिएर सहयोग गर्न आग्रह गरे ।