२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए निर्वाचन प्रभाव पार्न जिल्ला भेला !

नेपालब्रिटेन डट कम्
६ आश्विन २०८०, शनिबार ०४:५७

लण्डन । गैरआवासीय नेपाली संघको अक्टोवर १९ तारिख हुने निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरि नेपालमा विभिन्न भेलाहरुको गर्ने तयारी गरिएको छ ।
गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनको लागि उम्मेदवारी घोषणा गरेका पदाधिकारीहरुले आआफ्नो जिल्लाबाट प्रतिनिधिहरुलाई प्रभाव पार्ने पहिलो रणनीतितय गरेका छन् ।

संघको विश्व सम्मेलन अघि अन्तराष्ट्रिय पर्वत समाज, मोना (म्याग्दी), चितवन, धादिङ, गोर्खा, बाग्लुङ र स्याङजा अन्तराष्ट्रिय समाजले भेला गर्ने तयारी गरेका छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले १२ अक्टोवर देखि मनोनयन तालिका सार्वजनिक गरे लगत्तै ती भेलाहरुको तयारी गरिएको हो । पर्वत समाजको १४ अक्टोवर, चितवन समाजको १४ अक्टोवर, म्याग्दी समाजको १३ अक्टोवरमा भेला आयोजना गरिएको । बाग्लुङ, स्याङजा, धादिङ र गोर्खा समाजले भेलाको मिति तय गर्न बाँकी छ । संघको निर्वाचनमा विश्वभरबाट करिब ६० देशका ४२ सय प्रतिनिधिले भाग लिने भएका छन् ।

उम्मेदवारहरुले मतदातालाई प्रभाव पार्न जातिय, क्षेत्रीय, जिल्ला, राजनीतिक लगायतका विचार मिल्ले फेसबुक समूह बनाएर निर्वाचनको प्रचारप्रसार गरेका छन् ।

संघको नेतृत्वको लागि डा. बद्री केसी (रसिया), डा. हेम राज शर्मा (यूके), रविना थापा (अमेरिका), विनय अधिकारी (यूके), आरके शर्मा (कतार) र महेश श्रेष्ठ (जापान) ले अध्यक्षका लागि आकांक्षा देखाएका छन् । संघको ७५ पदाधिकारीको लागि अनलाइन मतदान (हाईब्रिड) गर्ने तयारी गरिएको छ ।