१८ कार्तिक २०८२, मंगलवार
Follow Us

अख्तियारद्वारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७८, आईतवार १२:४९

काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प सञ्चालन गरेको हो।

धेरै पढिएको