१९ बैशाख २०८१, बुधबार
Follow Us

तीन पुस्ताअघि विदेश आएका नेपालीले पनि एनआरएनए नागरिकता पाउनुपर्छः डा. बद्री केसी

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०८०, शनिबार ०५:२३

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले ३ पुस्तापछिका नेपालीले मात्रै पाउने व्यवस्थालाई परिमार्जन आवश्यक रहेको बताएका छन्।

नेपाली जनसम्पर्क समिति बहराइनले शुक्रवार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै एक पटकको नेपाली सधैंको नेपाली हुने भएकाले ३ पुस्ताअघि विदेशमा आएका नेपालीलेपनि नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

गैरआवासीय संघले विदेशमा बस्ने नेपालीलाई आफ्नो नैसर्गिक अधिकार प्रदान गर्न मतदानको अधिकार सुनिश्चित गर्न लागेको बताए। विदेशमा बस्ने नेपालीले राजनीतिक दलको प्रचार प्रसार गर्ने तर मतदान गर्न नपाउने अवस्था आगामी निर्वाचनबाट परिवर्तन हुने बताए।

‘नेपालको राजनीतिक नेतृत्व क्षमतावान व्यक्ति पुगेको हेर्न चाहान्छौं,’ डा. केसी भन्छन्,‘भोटिङको अधिकार नहुँदा आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनौं।’

त्यस्तै नेपालको आर्थिक समृद्धिमा टेवा पु-याउनकोलागि गैरआवासीय नेपाली संघको पहलमा १० अर्बको कोष स्थापनागरी कार्यन्वयनको चरणमा रहेको उल्लेख गरे। कोषमा ९५ प्रतिशत लगानी गैरआवासीय नेपालीको हुने छ।

एनआरएनए ऐन २०६४ परिमार्जनगरी गैरआवासीय नेपालीको परिभाषा परिवर्तन गर्ने र विदेशमा बस्नै सबै नेपालीलाई जोड्नु पर्ने बताए। विदेशमा अध्ययन गर्ने विद्यार्थीलाई एनआरएनएको परिभाषामा नराख्दा विवाद समेत उत्पन्न हुने गरेको बताए।

ऐनमा गैरआवासीय नेपालीको सामाजिक संस्कृतिक र आर्थिक अधिकार के के हुन् भन्ने स्पष्ट हुनेगरी परिमार्जन गर्नुपर्ने बताए।

आगामी अधिवेशनमा गैरआवासीय संघको नेतृत्व विदेशमा भएका नेपालीका अप्ठेरा, नेपालमा लगानीकोलागि समन्वय, कानुनी परिमार्जनको विषय बुझेको हुनुपर्ने बताए।