१९ बैशाख २०८१, बुधबार
Follow Us

खादामालको रमझम छोडेर ‘मलेसियाको श्रमिक सेल्टर’ पुगे एनआरएनए अध्यक्ष डा. बद्री केसी (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०८०, सोमबार २०:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसीले मलेसियास्थित एक सेल्टरमा पुनेर त्यहाँका श्रमिकहरुको समस्या बुझेका छन् ।

गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना भएको सो सेल्टरमा निकै दुःख पाएका १ दर्जन भन्दाबढी नेपाली रहेका छन् ।

सेल्टरमा पुगेका डा. केसीले उनीहरुको स्वास्थ्य अवस्था, कानूनी सहयोग लगायतका विषयमा श्रमिकसंग जानकारी लिएका थिए ।

डा. केसीले संघको स्थापनाकाल देखिनै श्रमिकहरुको सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुःख पाएका नेपालहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।