२९ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजा छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०७:०२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा शाहको स्वास्थ्य अवस्था बुझ्न आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल जानुभएको छ । गत शुक्रबार मस्तिष्कमा समस्या देखिएपछि प्रेरणालाई सोही अस्पतालमा राखेर उपचार गरिएकामा अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँको उपचारमा डा पङ्कज जलानको समूह संलग्न छ ।