१५ बैशाख २०८१, शनिबार
Follow Us

इंग्ल्यान्डमाथि न्यूजिल्याण्डको ९ विकेटको सानदार जित

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०८०, शुक्रबार ०५:५५

ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याट्सम्यान रचिन रविन्द्रको २ सय ७३ रनको दोहोरो शतकीय अविजित साझेदारीका साथ न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३६.२ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे ।

यसैगरी ओपनर विल योंग शून्यमै क्याच आउट भए पछि मैदानमा आएका रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए ।

भारतको अहमदाबादमा भएको उद्घाटन खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो ।

अब न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ । आज नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डले भने मंगलबार बंगलादेशसँग खेल्ने छ ।