१६ बैशाख २०८१, आईतवार
Follow Us

फिफा विश्वकप छनोट : उरुग्वेसँग ब्राजिल २-० ले पराजित

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०८०, बुधबार ०५:१६

फिफा विश्वकप छनोटअन्तर्गत ब्राजिल उरुग्वेसँग दुई-शून्य गोलले पराजित भएको छ ।

उरुग्वेको कान्टेनेरियो रंगशालामा आज बिहान भएको खेलमा जित दर्ता गर्दै उरुग्वे चौथो स्थानमा उक्लिएको छ । यता ब्राजिलले छनोटको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ ।

खेलको ४२औं मिनेटमा गोल गर्दै डार्बिन नुनेजले उरुग्वेलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा ब्राजिल एक गोलले पछि परेको थियो । दोस्रो हाफको ७७औं मिनेटमा निकोलस डिलाले अर्को गोल थपेपछि ब्राजिल २-० ले पराजित भएको हो ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएलालले चिलीलाई ३-० ले हराएको छ । त्यसैगरी, पराग्वेले बोलिभियामाथि संघर्षपूर्ण जित दर्ता गरेको छ । यो छनोटमा अर्जेन्टिनाले शीर्षस्थानमा छ ।