२५ पुष २०८२, शुक्रबार
Follow Us

एकीकृत समाजवादीमा खुलेकी माया ज्ञवाली एमाले संसदीय दलको बैठकमा

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७८, बुधबार ०७:०५

काठमाडौँ । नेकपा (एमाले)को आज बसेको संसदीय दलको बैठकमा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्न गएकी सांसद् माया ज्ञवाली पनि उपस्थित भएकी छन् । उनी नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख स्व.जीवराज आश्रितकी धर्मपत्नी हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा पार्टीका उपाध्यक्ष सांसद् भीम रावलले नेकपा एमाले पार्टीको एकता र एमसीसीबारे बैठकमा विचार व्यक्त गरेका थिए ।

सो बैठकमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आजदेखि सुरु हुने संसद्को अधिवेशनमा नेकपा एमाले पार्टीको भूमिकाबारे पार्टीको धारण प्रस्तुत गरेका थिए ।

धेरै पढिएको