२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए निर्वाचन : ४ घण्टामा २३.५० प्रतिशत भोट खस्यो

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०८०, बुधबार २२:५९

लण्डन । गैरआवासीय नेपाली संघको जारी निर्वाचनमा पछिल्लो चार घण्टामा ४ घण्टामा २३.५० प्रतिशत खसेको छ । निर्वाचन समितिका सदस्य चिरन्जीबी ढकालका अनुसार सबै भन्दा धेरै युरोप क्षेत्रमा अनलाइन मत खसेको छ । दोस्रोमा मध्यपूर्ण र तेस्रोमा अमेरिका क्षेत्रमा उत्साहजनक मत खसेको छ ।

निर्वाचन समितिका अनुसार जम्मा ९९४ जनाले अनलाइन मार्फत भोट हालिसकेका छन् । सो निर्वाचनमा ८३१ जनाले काठमाण्डौंबाट प्रत्यक्ष मतदानमा भाग लिदैछन् ।

संघको निर्वाचनमा डा. बद्री केसी, महेश श्रेष्ठ र आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी कायम राखेका छन् ।