२० बैशाख २०८१, बिहीबार
Follow Us

फाइनल खेलमा युएईसँग नेपाल पराजित

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०८०, शुक्रबार १३:२९

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।