कैलाली । कैलालीमा छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको जानकी गाउँपालिका-३ लाइकपुरमा २४ वर्षीय गणेश चौधरीले ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । प्रहरीले गणेशलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।