८ बैशाख २०८२, सोमबार
Follow Us

प्रधानमन्त्री दाहाल किन जाँदैछन युएइ

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८०, सोमबार १२:३९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई जाने भएका छन् । आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् ।

युएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन उनी युएई जान लागेका हुन् ।

कोप-२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदैछ ।