लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व महासचिव पशुपति पाण्डेको निधन भएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र साहले शुक्रवार आफ्नो फेसबुक टाइमलाइनमार्फत पाण्डेको निधन भएको पुष्टि गरेका हुन् ।
पाण्डे गैरआवासीय नेपाली संघ अमेरिका का पूर्व संरक्षकसमेत रहेका थिए । उनको निधनको कारण हालसम्म खुल्न सकेको छैन ।
उनी लामो समयदेखि आफ्नो परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका थिए ।
करिब ३० वर्ष देखि जन्म भूमि नेपाल र कर्म भूमि अमेरिकामा विभिन्न सङ्घ संस्थामा आबद्ध भएर सामाजिक कार्यमा सहभागी हुँदै आएका थिए पाण्डे । साथै सन् २०१० देखि एनआरएनए सँग आबद्ध रही सन २०१४ देखि एनसीसी तथा आईसीसीको टास्कफोर्समा बसेर सक्रियरुपमा काम गर्दै पनि आइरहेका छन् ।