१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक आइतवार बस्ने

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०८०, बिहीबार २१:०६

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) को ९३ औं बैठक आगामी आइतवार बस्ने भएको छ ।

संघको ११ औं महाधिवेसन पछि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बस्ने पहिलो बैठकले संघभित्र हाल देखिएको विवाद र भावि योजनाका बारेमा छलफल हुने बताइएको छ ।

नेपाली समय साँझ ५ बजे भरर्चुअलमार्फत हुने सो बैठकमा संघको पदाधिकारीहरुको कार्यविभाजन हुने भएको छ । बैठकले संघका विभागिय प्रमुखहरुको जिम्मेवारी तोक्ने तयारी गरेको छ ।

बैठकमा नयाँ कार्यसमितिका सदस्यहरु तथा कार्यदलमा मनोनयन बारे छलफल हुने भएको छ ।

बैठकमा हाल सम्म संघको अभियानमा भएका प्रगति तथा थप उपलब्धिको लागि गर्नु पर्ने कार्ययोजनाका बारेमा छलफल गर्ने अजेण्डातय गरिएको छ ।

संघको गत महिना सम्पन्न ११ औं महाधिवेसनमा सपथ खान छुटेका निर्वाचित पदाधिकारी तथा आइसीसी सदस्यहरुले सोही बैठकमा सपथ लिने तयारी गरेका छन् ।

संघको विधानअनुरुप संस्थाको प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्यहरु तथा अध्यक्षले प्रवक्ता मनोनित गर्ने प्रावधान छ ।