५ श्रावण २०८१, शनिबार
Follow Us

उपरथी पाण्डेको राजीनामा स्वीकृत

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार १३:२२

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जनाइएको छ ।

जन्ममिति किर्ते विषयमा छानबिन सुरु भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो।