१७ असार २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन विवादको अन्त्य

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०८०, शनिबार ०२:०५

शिवप्रसाद पौडेल ।
टोकियो । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनको निर्वाचन परिणामले संघलाई विभाजनमा पुराएको छ । यो अवस्थामा ल्याउन नेतृत्वको ठूलो भूमिका रहेको छ ।

एनआरएनए फुट्ने अवस्थामा पुर्याउने श्रेय मुख्य रूपमा नवनिर्बाचित अध्यक्ष डा. बद्री केसी र निबर्तमान उपाध्यक्ष महेश श्रेस्ठलाई जान्छ ।

१. मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निश्पक्ष चुनाब गराउन सफल भएको र उक्त चुनाबको दौरानमा तत्कालीन अध्यक्ष डा. बद्री केसी, तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठ र भेरो भोटिंग कम्पनीका डाइरेक्टर मिचेल ग्रेगसंग पटक पटक भएको सम्बादका आधारमा हुन्।

२. मैले नेपालस्थित २०२३(२५ को चुनाबमा समेत प्रत्यक्ष उम्मेदवारी दिई मेरो ४ जना उमेदवार साथीका बीचमा अत्यन्त झिनो मतले दोस्रो बरियतामा उपबिजेता भएको समेत दुई अनुभवका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित टिम बद्री, टिम महेश, निर्बाचन मण्डल र भेरो भोटिंग सिस्टमका सम्भाबना, जिम्मेबार तथा कमजोरीहरु केलाउने प्रयास गरेको छु ।

क) एनसीसीहरुमा सर्वोत्कृष्ठ सफल एनसीसी जापानको चुनाबको संघारमा तत्कालीन अध्यक्ष डा. बद्री केसी र तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठले कतिपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दख्खल दिन खोजेको तर म सहितको निर्बाचन मण्डल निर्बाचन नियमावलीमा अडिक रहेको थिए ।

ख) एनसिसिहरुका निर्बाचन पश्चात डा. केसी तथा श्रेष्ठले आआफ्नो निर्बाचन प्रचारप्रसारको क्रममा एनसीसीहरुमा भएको निर्बाचनलाई आफुहरुले गर्दा भेरो भोटिंग सिस्टम ल्याउन सफल भई निस्पक्ष निर्बाचन गराउन सफल भएको भनि निस्पक्ष निर्बाचन तथा भेरो भोटिंग सिस्टमको राम्रो जस सम्पूर्ण दुईजानाले मात्र लिन प्रतिस्पर्धा गरेको, निश्पक्ष निर्बाचन गराएका एनसीसीहरुलाई कुनै भूमिका तथा सरोकार नदीएको ।

ग) डा. बद्री केसी तथा महेश श्रेष्ठको प्रमुख मातहतमा बनाइएको आईसीसी निर्बाचन मण्डललाई दुबैले धेरै विश्वास गरेको तथा दुबैले कुनै अनुगमन नगरेको देखिन्छ।

अध्यक्ष मण्डलका केसी टिम, महेश टिम तथा आरके टिमका त्रिपक्षीय कमजोरीहरू

१. निर्बाचन मण्डललाई पूर्ण बिस्वास गर्नु ।
२. निर्बाचन भेरो सिस्टमबाट प्राप्त नतीजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिर ल्याउनु । जसको एकपटक राम्रोसँग रुजु गराएर पुनः चेकजाँच नगर्नुमा प्रमुख कमजोरी अध्यक्ष डा. बद्री केसी लगायत निर्बाचन मण्डल र टिम महेश तथा टिम आरकेको पनि केही अपरिपक्कता र कमजोरी स्पष्ट देखिएको छ ।

३. देश बाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाऊन खोजिएको एनआरएनलाई निर्बाचन पूर्व भेरो सिस्टममानै नो भोटिंग जस्तो विकल्प राखी, आफूहरुको नालायकी पन देखाई एनआरएनलाई नै नो भन्न खोजीएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाईएको ।

४. दुवै पक्षले निर्बाचन परीणामालाई अस्वीकार गर्दै गर्दा भेरो भोटिगं सिस्टमको नियम अनुसार निर्बाचन मण्डलबाट २ जना, आईसीसीबाट २ जना, स्वतन्त्र सिस्टम ईन्जीनियर २ जना र नेपाल सरकारको प्रतिनिधी १ जानाको टोली बनाई ७ जानाको छानबिन टोली बनाऊन नसकेको ।

५. भोट गरेको लग इन डाटा, भेरो सिस्टमले दीएको नतीजा, निर्बाचन मण्डलले सार्बजनिक गरेको नतीजा, सार्बजनिक गरिएको तथा भेरो सिस्टमलाई पठाईएको ४६०० जनाको डाटावेस विश्लेषण गर्न नसकेको । उक्त ७ जानाले ४६०० जानाको तथ्यांक अडिट गरी अष्ट्रेलिया स्थित भेरो सिस्टमको कार्यालयमा प्रत्यक्ष उपस्थिती जनाई लग इन डाटा मगाउन सकिन्छ र हेर्न सकिन्छ ।

६. बिशेस गरी असन्तुष्ट २ पक्षले अहिले परराष्ट्र मन्त्रालयलाई समेत अनुरोध गरी भेरो सिस्टम कम्पनीसँग माथी ऊल्लेखित ४ र ५ नम्बर बुँदा अनुसार लग इन डाटा मगाउन तीर नलागी काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो लज्जास्पद रूपमा स्वघोसित टिम बनाऊन तिरलागी एनआरएनलाई फुटको संघारमा लग्न खोजेको र नबनिर्वाचित भनिएको टिमले समेत उपबीजेता भनिएको टिमको मुद्दाहरु सुनुवाई तीर नलागी अनावश्यक होहल्लातिर लागेको ।

सम्भावना

१. जापान स्थित निर्वाचनको शिलसिलामा जापानको निर्बाचन मण्डल, म आफूले पनि भेरो सिस्टमका बारेमा बूझेको बुझाई, उक्त सिस्टमका मालिक ग्रेग मिचेलसंग पटक पटक गरेको सम्बाद र स्वयम डा. बद्री केसी र महेश श्रेस्ठले उक्त कम्पनीको बारेमा दिएको जानकारी र लिन खोजेको जसको हानाथापको आधारमा पनि भेरो सिस्टमले आफुले प्राप्त डाटालाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन ।

किनकी उक्त कम्पनी अष्ट्रेलियन सरकारबाट मान्यता प्राप्त बहुराष्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्बाचनको लागी आफ्नो छबि बिगार्ने सम्भाबना कम देखिन्छ । किनकी भबिश्यका ठुला ठुला अन्य देशहरुका चुनाब गराउन बाट यो कम्पनी बञ्चित हुन चाहन्न तर भेरो सिस्टमसंग अनिबार्य लग इन डाटा भने मगाउन सक्नुपर्छ ।

२. निर्बाचन मण्डलको अपरिपक्वता र नेपालको निर्बाचन मण्डल र आईटी टिमले भेरो सिस्टमलाई पठाएको डाटा र सार्बजनिक गरेको डाटा फरक पनि हुन सक्छ । यसको लागी माथी उल्लेखित ७ जनाको छानबिन कमिटीले भेरोको कंपनीबाट लगइन डाटा मगाउन सकिएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकिन्छ ।

जापान स्थित विशेष गरी अध्यक्षका उमेदवार महेश श्रेष्ठ र मेरो आफ्नो कमजोरी

१. जापानबाट बिभिन्न पदमा छरपष्ट उठेका ऊमेदवारहरुलाई अध्यक्ष पदका ऊमेदवार महेश श्रेष्ठको संयोजकत्वमा सकेसम्म थोरै उम्मेदवार ऊठाउन र एक पदमा एक उम्मेदवार मात्र उठाउन कुनै पहल नगरिनु । मैले केही कोशिस गरेपनि परिणाममुखि बनाउन नसक्नु ।

२. जापानबाट छरपस्ट उठेका उमेदवारहरुले जापानको प्रतिष्ठा जोगाऊन र जापानबाट एकजुट हुन भन्दा पनि आफू मात्र जित्न जस्तो सुकै हर्कत गर्न पछी नपर्नु ।

३. महेश श्रेष्ठलाई लीडर मानेर म लगायत एनसीसी जापानले बिभिन्न पहल गर्न खोज्दा पनि महेस श्रेष्ठ लगाएत उहाँको टिमले जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टिमात्रको बहकाऊमा अगाडी बढ्नु गलत थियो भनेर अहिले आएर पुष्टि भएको छ ।

(लेखक – शिवप्रसाद पौडेल एनआरएनए जापानका निवर्तमान अध्यक्ष हुनुहुन्छ)