१५ बैशाख २०८१, शनिबार
Follow Us

सबै प्रकृया स्वीकार गर्ने निर्वाचन परिणाम मात्र मान्दिन भन्न मिल्दैन् : रुविना शर्मा, महासचिव, एनआरएनए बेल्जियम (भिडियो)

नेपालब्रिटेन डट कम्
२ मंसिर २०८०, शनिबार ११:४५

काठमाण्डौं । गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले संघको गत महिना काठमाण्डौंमा सम्पन्न निर्वाचन देखिएको विवाद सामान्य भएको बताएकी छन् ।

शर्माले शुक्रवार अनलाइन टेलिभिजन सुनौलो संसारलाई दिएको अन्तरवार्तामा निर्वाचनको सबै प्रकृयाहरु मतदान सकिएको र परिणाम स्वीकार गछौं भन्ने मुचुल्का सम्म स्वीकार गर्ने र प्रतिनिधिहरुले दिएको नजितालाई मान्दिन भन्नु लोकतन्त्रको उपहास भएको बताइन् ।

उनले निर्वाचनमा भएको सामान्य त्रुटीलाई लिएर आफैले आफैलाई माला लगाएर स्वघोषित अध्यक्ष बन्दै हिड्नु गलत भएको बताइन् ।

उनले गैरआवासीय नेपाली नागरिकताले सबैको भावना कदर नगरेको तर्क गर्दे वंशजको नागरिकता खोसिएकोमा दुःख ब्यक्त गरिन् ।

शर्माले एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको कदर हुनु पर्नेमा जोडदिइन् ।
शर्माले गैरआवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितको लागि पहिलो चरणमा राहत र उद्धारमा सहयोग गरेको बताइन् ।

शर्माको अन्तरवार्ताको पूर्णपाठ