२७ आश्विन २०८३, मंगलवार
Follow Us

देउवा समूहको अधिवेशन जारी, बुर्तिबाङमा क्षेत्रीयलगायत नेतृत्व चयन

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८३, मंगलवार ०४:१०

बागलुङ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा समूहले नियमित महाधिवेशनअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङमा विभिन्न तहका अधिवेशन सम्पन्न गरेको छ । हिजो र अस्ति सम्पन्न अधिवेशनबाट क्षेत्रीय समिति, प्रदेश सभा (ख) समिति तथा ढोरपाटन नगर समितिको नेतृत्व चयन गरिएको जानकारी दिइएको छ ।

दिइएको विवरणअनुसार क्षेत्र नम्बर २ क्षेत्रीय समितिको सभापतिमा धनबहादुर कायत चयन भएका छन्। उपसभापतिमा चन्द्रसिंह रामजाली र वसन्तबहादुर खत्री छनौट भएका छन् भने सचिवमा खेमबहादुर छन्त्याल र सहसचिवमा तिलक कुँवर रोजाइमा परेका हुन् ।

त्यस्तै, प्रदेश सभा (ख) समितिको सभापतिमा चन्द्रसिंह रामजाली चयन भएका छन्। समितिको उपसभापतिमा हिरामान कामी र टेकबहादुर पुन, सचिवमा उषा घर्तीमगर तथा सहसचिवमा विपिन थापा निर्वाचित भएको बताइन्छ ।

ढोरपाटन नगर समिति सभापतिमा शरण पाण्डे
ढोरपाटन नगरपालिकामा सम्पन्न अधिवेशनबाट शरण पाण्डेको सभापतित्वमा २७ सदस्यीय नगर समिति चयन गरिएको छ। समिति उपसभापतिमा पूर्णकुमारी चालिसे र टेकप्रसाद कामी छानिएका छन्। त्यस्तै, सचिवमा वीरबहादुर कुँवर र सहसचिवमा भवेन्द्र विक चयन भएका हुन् ।

यसैगरी, निसीखोला गाउँपालिकाको सभापतिमा हेमबहादुर बुढा र तमानखोला गाउँपालिकाको सभापतिमा थमप्रकाश छन्त्याल चयन भएका छन्। अन्य स्थानीय तहमा पनि अधिवेशन हुने जनाइएको छ ।

धेरै पढिएको