१२ श्रावण २०८१, शनिबार
Follow Us

कोमल ओलीलाई मातृ शोक

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०८०, शनिबार ०९:१४

काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।