१५ बैशाख २०८१, शनिबार
Follow Us

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

नेपालब्रिटेन डट कम्
४ मंसिर २०८०, सोमबार ०३:११

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण गरिएको भिडियो सार्वजनिक भएको छ । ।

हमासले इजरायलमा आक्रमण गरेकै दिन अर्थात् अक्टोबर ७ कै दिन एक अस्पतालमा एक नेपाली र एक थाई मानिसलाई बलपूर्वक बन्धक बनाउदै गरेको अङ्कियदृश्य(भिडियो) इजरायलले सार्वजनिक गरेको छ ।


इजरायलले सीसीटीभी भिडियो(गोप्य अङ्किय दृश्य ) जारी गरेको छ जसमा अक्टोबर ७ मा अल-शिफा अस्पतालमा २ जना बन्धकहरू देखाइएको छ ।

इजरायल रक्षाबलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले दुई वटा छोटो अङ्किय दृश्य (भिडियो)हरू प्रस्तुत गरेका छन् । साथै उनले धेरै स्थिर तस्बिरहरू, जसमा हमास लडाकुहरूले गाजाको सबैभन्दा ठूलो अस्पतालबाट बन्धकहरूमा एक नेपाली र एक थाईलाई बलपूर्वक तानी रहेका छन्।