१२ श्रावण २०८१, शनिबार
Follow Us

सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८०, बुधबार १३:००

डोटी । डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ पर्ने तीनै जना युवा जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का रहेको प्रहरीले जनाएको छ ।