८ आश्विन २०८२, बुधबार
Follow Us

तिलगंगालाई ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’ को मान्यता

nepalbritain news
७ श्रावण २०७६, मंगलवार ०२:०२

काठमाडौं : आँखा स्वास्थ्यमा उत्कृष्ट सेवा गर्दै आएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’को मान्यता दिएको छ।

प्रतिष्ठानको २५ औं वार्षिकोत्सवमा सोमबार डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरे। नेपाल आँखा कार्यक्रमअन्तर्गतको तिलगंगाले कोलाबोरेटिङ सेन्टरको काम गर्नेछ।

आँखा उपचार सेवा, प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान गरी ३ विधामा डब्लूएचओले साझेदारी केन्द्रको मान्यता दिएको हो। आँखा उपचारमा मान्यता पाउने तिलगंगा पहिलो नेपाली संस्था हो। यसले ६० लाखभन्दा बढीको आँखा उपचार गरेको छ।

अत्याधुनिक प्रविधिबाट मोतिविन्दुको साथै शल्यक्रियाद्वारा ४ लाखभन्दा बढीले ज्योति पाएको प्रतिष्ठानले जनाएको छ। करिब ८ हजार स्वदेशी र विदेशी नेत्र चिकित्सक एवं प्राविधिकलाई प्रतिष्ठानबाट प्रतिपादित मोतिबिन्दुको चिकित्सा विधि हस्तान्तरण गरिएको छ। २१० परियोजनाको सफल अनुसन्धान गरी १८३ शोधलेख प्रकाशित गरिसकेको छ।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको