११ श्रावण २०८१, शुक्रबार
Follow Us

काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:०५

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ ।

मध्यरातमा गएको भूकम्पले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका छन । भूकम्पको बारेमा थप विवरण आउन बाँकी छ ।