११ श्रावण २०८१, शुक्रबार
Follow Us

आजदेखि सुनसरीको बराहक्षेत्रमा एकादशी मेला सुरु

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:१५

सुनसरी । सुनसरीको बराहक्षेत्र-१ स्थित हिन्दू धर्मावलम्बीहरुको प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र मन्दिरमा आजदेखी हरिबोधिनी एकादशी मेला सुरु भएको छ ।

मेला भर्न आउने भक्तजनका लागि सप्तकोशी र कोकाहा नदीको संगमस्थलमा सुरक्षित स्नानको व्यवस्था मिलाइएको छ । बाँसको बार, डोरी र उज्यालोका लागि विद्युतको व्यवस्थापन लगायत समेत प्रवन्ध मिलाइएको छ ।

धर्तीको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्रमा पितृहरूको मोक्ष र मनोकांक्षा पूरा हुने जनविश्वास छ । कौशीकी र कोकाहा नदीको संगमस्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास पनि छ । मेलामा आउनेहरु कोशी नदीको किनारमा केस मुण्डन गरेर पुहोहितद्धारा श्राद्ध गराएर पितृलाइ सम्झिने गर्दछ ।

प्रत्येक वर्ष बराहक्षेत्र धाममा मेला भर्न भारतका विहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ र भुटानबाट तीर्थयात्री आउने गरेका छन् । मेलामा करिव चार लाख भत्तजन आउने अनुमान गरिएको छ ।