१२ श्रावण २०८१, शनिबार
Follow Us

सिरहामा दुईवटा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:२२

सिरहा । सिरहामा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा नगरपालिका–१९ सन्हैठा नयाँ चोकमा बुधबार राति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तीनैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको हो । सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादव सिकिस्त घाइते भएका छन् । उनलाई थप उपचार गर्न विराटनगर रिफर गरिएको सिरहा प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।