१२ श्रावण २०८१, शनिबार
Follow Us

चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८०, सोमबार ०६:५०

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ ।

हजारौँ मानिस घरबारविहीन भएका छन् । बढ्दो चिसोसँगै सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु प्रभावित भएका छन् । सो भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ ।