१६ बैशाख २०८१, आईतवार
Follow Us

रुस – युक्रेन युद्धमा झण्डै २ सय नेपाली सहभागी

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०८०, बुधबार ०१:१४

लण्डन । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।

उनीहरुको गत १५ नोभेम्बर ९कार्तिक २९० गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

रुस(युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ । अन्य केही पनि सम्पर्कविहीन रहेको सूचना छ ।