१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनको अडिट अन्तराष्ट्रिय कम्पनीले गर्ने, ११ सदस्यीय समिति गठन

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०८०, बुधबार ०२:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न निर्वाचनमा भएको अनलाइन मतदानको एक अन्तराष्ट्रिय कम्पनीले अडिट गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघको गत आइतवार बसेको बैठकले निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिङको विस्तृत आइटी अडिट गर्ने निर्णय गरेको हो ।
संघले अन्तराष्ट्रिय कम्पनीको छनोट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ ।
उक्त समितिले अडिटका लागि छनोट गरिने कम्पनीले गर्नुपर्ने कामको नियमावली र शर्तहरु तयार गर्ने निर्णय गरिएको छ ।

समितिमा उपाध्यक्षहरु डा। हेमराज शर्मा, राज रेग्मी , रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, उपमहासचिव सोम सापकोटासहित ६ वटा क्षेत्रका क्षेत्रीय संयोजकहरु डा। चिरञ्जीवि खड्का (युरोप), वेद बस्नेत (अमेरिका), हरि भट्टराई (एसिया प्यासेफिक) पुष्पराज भट्टराई (अफ्रिका) राजेन्द्र अर्याल (मध्ये पुर्व), दिनेश पोखरेल (वोसेनिया) रहने निर्णय गरिएको छ ।
यसअघि संघका उपाध्यक्षद्वय रेग्मी, डा केशव पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष तिलक गैरेले विवाद मिलाउन संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उच्चस्तरिय समितिको माग गरेका थिए ।