२८ आश्विन २०८३, बुधबार
Follow Us

बाढीपीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासको खातामा पैसा जम्मा गर्न सकिने !

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८३, बिहीबार २०:१५

भोटेकोशी बाढीपीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासद्वारा आर्थिक सहयोगको अपिल

लण्डन — १० भदौ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सार्वजनिक पूर्वाधार, निजी सम्पत्ति र घरधुरीमा व्यापक क्षति पुगेको छ। यस बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका नदी तटीय क्षेत्रका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका छन्।

बाढी प्रभावित क्षेत्रमा सरकारले खोजी, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई तीव्र बनाएको छ। हाल विपद् पछिको आवश्यकता आकलन (Post-disaster Needs Assessment) भइरहेको छ। बाढीपीडितहरूलाई तत्काल राहत प्रदान गर्न तथा पुनस्र्थापना र पुनर्निर्माण कार्य सम्पन्न गर्न ठूलो आर्थिक स्रोतको आवश्यकता पर्ने अनुमान गरिएको छ।

यस कठिन घडीमा लण्डनस्थित नेपाली दूतावासले सम्पूर्ण इच्छुक व्यक्तिहरू, परोपकारी संस्था, व्यवसायी समुदाय, नेपालका मित्रहरू तथा शुभचिन्तकहरूलाई मानवीय सहायताका लागि उदार मनले सहयोग गर्न लण्डनस्थित नेपाली दूतावासले हार्दिक अपिल गरेको छ।

बेलायतबाट प्राप्त हुने सहयोग रकमलाई सहज रूपमा सङ्कलन गर्न लण्डनस्थित नेपाली दूतावासको बैंक खातामार्फत अनुदान प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। सङ्कलित सम्पूर्ण रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने दूतावासले जनाएको छ।

नेपाली दूतावासको बैंक विवरण:

बैंकको नाम (Bank Name): Lloyds Bank

खाताको नाम (Account Name): Embassy of Nepal

सोर्ट कोड (Sort Code): 30-65-41

खाता नम्बर (Account Number): 53896060

विशेष ध्यान दिनुपर्ने कुराहरू:

रकम हस्तान्तरण/ट्रान्सफर गर्दा विवरण वा रिफरेन्स (Purpose/Reference) खण्डमा अनिवार्य रूपमा ‘Donation’ वा ‘Support’ उल्लेख गर्नुपर्नेछ।

आर्थिक पारदर्शिता तथा अभिलेख व्यवस्थापनका लागि, दाताहरूलाई रकम ट्रान्सफर गरेको बैंक रसिद वा निस्साको प्रतिलिपि दूतावासको इमेल accounts@nepembassy.org.uk मा पठाउन अनुरोध गरिएको छ।

यस विषम परिस्थितिमा नेपालका नागरिकप्रति अमूल्य सहयोग र ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण व्यक्ति, समूह तथा शुभचिन्तकहरूप्रति नेपाली दूतावास, लण्डनले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

धेरै पढिएको