१२ श्रावण २०८१, शनिबार
Follow Us

नेका केन्द्रीय पदाधिकारीको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०८०, बुधबार ०७:०६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ । उनका अनुसार आगामी पुस १६ देखि १९ गतेसम्म हुने महासमिति बैठकलाई केन्द्रित गरी बैठकमा छलफल हुनेछ ।