झापा । झापा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । पाठक ३८ हजार ६ सय ७४ मतसहित विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत पाए । उनीहरुबीचको मतान्तर २१ हजार ३ सय ८० छ ।
यसअघि एमालेसँग तालमेल गरेर जित्दै आए पनि लिङदेन यसपटक एक्लै चुनाव लडेका थिए ।