१२ श्रावण २०८१, शनिबार
Follow Us

रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ०६:५०

रुकुम पश्चिम । रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका -११, चौर गाउँमा बस्दै आएका एक बृद्धको चिसोले मृत्यु भएको हो ।

मृत्यु हुनेमा साबिक मग्मा घर भइ लामो समयदेखि आठबिसकोटमा बस्दै आउनुभएका ६५ वर्षीय मनरामे सार्की रहेको स्थानीय सुनिल बिकले बताउनुभएको छ ।

यो संगै भूकम्पछि अहिलेसम्म रुकुम पश्चिममा मात्रै त्रिपालमा बस्दै आएका ७ जना बृद्धबृद्दाको चिसोले मृत्यु भएको छ । यसअघि आठबिसकोट नगरपालिकामा ५ र सानीभेरी गाउँपालिकामा १ जना गरि ६ जनाको चिसोकै कारण मृत्यु भएको छ ।