१२ श्रावण २०८१, शनिबार
Follow Us

नक्कली भुटानी शरणार्थी प्रकरण: को-को छुटे को-को थुनामै रहे ?

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ११:३०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पटनले मिश्रित आदेश दिएको छ । केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर गरिदिएको छ भने केही प्रतिवादीहरुलाई साधरण तारिख र धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

पूर्व उपप्रधानमन्त्री एवम टोप बहादुर रायमाझीका सम्बन्धमा जिल्ला अदालतकै आदेश सदर गरिरहँदा पूर्व गृहमन्त्री बालकृष्ण खाँडका सम्बन्धमा भने न्यायधीशहरुको राय बाझिएको छ ।

को को थुनामै रहे?
टोप बहादुर रायमाझी
बालकृष्ण खाँण ( राय बाझिएकोले थुनामै रहने)
टेक नारायण पाण्डे
इन्द्रजीत राई
केशब प्रसाद दुलाल
सानु भण्डारी
सागर राई
गोविन्द कुमार चौधरी
सन्देश शर्मा
आङ्टावा शेपा

को को धरौटी र तारेखमा छुटे ?
सन्दीप रायमाझी
नरेन्द्र केशी
टेकनाथ रिजा
हरिभक्त मर्हजन
लक्ष्मी महर्जन
सम्शेर मियाँ
आशिस बुढाथोकी
टंक कुमार गुरुङ्ग
केशब तुलाधर
रामशरण केसी