१२ श्रावण २०८१, शनिबार
Follow Us

एकीकृत समाजवादीको महाधिवेशन जेठमा

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०८०, मंगलवार १३:२४

काठमाडौ । नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी सचिवालय बैठकले महाअधिवेशन र राष्ट्रिय सम्मेलनको मिति टुङ्गो लगाएको हो ।

“बैठकले आगामी जेठ ३ देखि ७ गते सम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका छौ । माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भएको छ,” बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवाले भन्नुभयो ।

बैठकले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका लेख्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति समेत गठन गरेको छ । राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधरको नेतृत्वमा समिति बनाइएको छ ।

त्यसै गरी बैठकले मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक पनि बोलाएको छ । त्यसैगरी पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक निर्णय भएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो ।