१२ श्रावण २०८१, शनिबार
Follow Us

विदेशमा काँग्रेसको बेथितिः बेल्जियममा २ वर्षमै फेरियो नेतृत्व, ३ महामन्त्रीको भागबण्डा

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार १०:२०

ब्रसेल्स । विदेशस्थित नेपाली काँग्रेसको भातृसंस्था जनसम्पर्क समितिहरुमा देखिएको बेथितिका कारण सबै समिति खारेजीको माग बढिरहेको बेला जनसम्पर्क समिति बेल्जियममा अर्को अवैधानिक निर्णय गरेर सभापति परिवर्तन गरिएको छ ।

नेपाली कांग्रेसको जनसम्पर्क समिति सम्बन्धी नियमावलीले समितिको कार्यकाल ४ वर्ष तोकिए पनि पदलोलुप्ता र राजनीतिक भागबण्डालाई आधार बनाएर सभापति पूर्ण तिमिल्सनाको कार्यकाल २ वर्षमै खोसिएको हो ।

मंगलबार ब्रसेल्सस्ट्राट लुभेनमा आयोजित कार्यक्रमकाबीच तिमिल्सिनाले सुभाश गुरुङलाई सो पद हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेसको गत महाधिवेसनमा प्रतिनिधि र महासमिति सदस्यमा भाग बण्डा गर्दा कार्यसमितिको कार्यकाल समेत भागबण्डामा परे पछि बेलायत, बेल्जियम, नेदरल्याण्ड लगायतका देशमा बेतिथि सुरु भएको थियो । सो अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतमा समेत ५ जनाबीच कार्यकाल भागबण्डा गरे पछि पार्टीले विद्यान विपरित भन्दै सो निर्णयलाई कार्यान्वयन गर्न रोक लगाएको थिए ।

नेपाली कॉग्रेस केन्द्रीय युरोप प्रतिनिधी नारायण आचार्यले महासमिति सदस्य समेत रहेका गुरुङलाई सो पद हस्तान्तरण गरेको घोषणा गरेका थिए ।
नयां कार्यसमितिमा सभापति बाहेक सबै पुरानै पदाधिकारी कायम गरिएको छ ।

नव गठित कार्यसमितिमा वरिष्ठतम उपसभापतिमा दिलमाया शर्मा, केदार जोशी महिला उपसभापतिमा राधा प्रधान, उपसभापतिमा बिराट जोशी, उपसभापतिमा पेम्बा दोर्जे शेर्पा, महामन्त्रीमा प्रकाश गिरी, गोबिन्द सिंह अधिकारी, कमल सितौला, सहमहामन्त्रीमा हुमनाथ पाण्डे, शिवलाल खरेल, कल्पना घिमिरे, सन्तोष न्यौपाने, राकेश घिमिरे, कोषाध्यक्षमा रबिन पण्डित, सहकोषाध्यक्षमा यानुका गुरुङ श्रेष्ठ, सहकोषाध्यक्षमा हरी बहादुर रोका तथा पदेन सदस्यमा पूर्ण तिमिल्सिना चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मदन दवाडी, प्रेम तिमिल्सिना, कौशल खनाल, काशी दानै, दामन तामाङ, दिपक न्यौपाने, राजेन्द्र घिमिरे, कृष्ण शाही, अनुजा प्रधान, कर्ण अधिकारी, जयराम के शी, बलबहादुर पुन, रामु अर्याल, रमेश राज लामीछाने, होम रानाभाट, प्रतिष्ठा ओझा, रामचन्द्र शर्मा टीकाराम सापकोटा, परशुराम सापकोटा, नरहरी सापकोटा , बिनोद पौडेल, चिनियाँ दुलाल, हेमराज सापकोटा, राकेश कर्माचार्य, अन्जु शाही, जुमकाजी गुरुङ, र बुद्ध अधिकारी (दिप्सन) रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा रामप्रसाद ढुंगाना, देवु पौडेल, रमेश सापकोटा, दिनेश भण्डारी, नन्दु घले, धर्म पाठक, अनिता लामा, घन शाही, कमल पन्थी चयन भएका छन् ।

बिदेशमा नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको नेपाली जन सम्पर्क समिति बेल्जियमको सो अधिबेशनमा नेकपा एमाले बेल्जियमका बिनोद न्यौपाने ,नेकपा माओबादी बेल्जियमका गंगा शर्मा, व्यवशायी संघका अध्यक्ष चिरण कुमार खवास ,शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा ,चितवन सहायता कोष अध्यक्ष इश्वरी कडेल ,पत्रकार ओम शर्मा ,पूब अध्यक्ष सुबास जोशी, ऊल्का घिमिरे, ध्रुवराज पौडेल, पदम गूरूंग, किरात राई सोसाईटी बेल्जियमका केजिन राई, शेर्पा समाजका सोनाम शेर्पा ,झलक केसी ,दिनेश भण्डारी , रूबिना शर्मा, सूर्य गुरुङ लगायतले शुभकामना दिएका थिए ।

कांग्रेसलाई सुझाव : जनसम्पर्क समिति खारेज गरौं (समाचार टिप्पणी)