८ जेष्ठ २०८१, मंगलवार
Follow Us

अमेरिकामा ब्रेकफास्ट (भिडियो)

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०८०, आईतवार १९:१८

काठमाडौं । गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछी पुन: आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफास्ट’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् । राम गोपाल ‘आशुतोष’को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडियोलाई टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
आम नागरिकहरुले देख्ने सपनाका शब्दहरुलाई समेटेर गीत तयार पारिएको गीतको भिडियोमा मोडेल कविता नेपाली र सुरेश देवलको अभिनय रहेको छ । भिडियोलाइ रोशन श्रेष्ठले निर्देशन गरेका हुन् । सफल गनेजुको सिनेमाटोग्राफी ,गम्भीर बिस्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको भिडियोलाइ ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको छ ।
नुवाकोट देवीघाटका गायक प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।