१२ श्रावण २०८१, शनिबार
Follow Us

माओवादीले बोलायो पदाधिकारी बैठक

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८०, शुक्रबार ०८:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए । उनले बैठकमा सरकारको समीक्षा, पार्टी रूपान्तरण अभियानको अहिलेसम्मको प्रगति, राष्ट्रियसभा निर्वाचनलगायतको विषयमा छलफल हुने उनले बताए ।

साथै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नको लागि एकता संयोजन समिति गठनबारे पनि छलफल हुने जनाइएको छ । माओवादीले भदौ १६ देखि थालेको रूपान्तरण अभियान पनि पुस १६ गते सकिँदैछ।

यता, प्रधानमन्त्री ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेलले यही बैठकमा आफ्नो कुरा राख्ने तयारी गरेका छन् । उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए ।