१० जेष्ठ २०८१, बिहीबार
Follow Us

काँग्रेस नै सामेल सरकारको कुशासनबाट देश थला पर्‍यो : गगन थापा

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८०, शुक्रबार १३:३८

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले नागरिक कुशासनबाट आजित भएको भन्दै पार्टीले यसलाई रोक्नुपर्ने बताएका छन् ।

स्थानीय तहदेखि सङ्घसम्मको सरकारमा काँग्रेस सामेल भएकाले सरकारको गलत कामको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।

‘कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङ्गो देश तातिन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौँ भने स्वतन्त्र रूपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । काँग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन’, उनले भने ।

फेरि सीमित व्यक्तिलाई पोस्न नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको उनको आरोप छ । सरकार भाषण सुशासनको गर्ने अनि निर्णय कुशासनको गरिरहेकाले प्रधानमन्त्रीलाई सचेत गराएको थापाको भनाइ छ ।

यस्ता गलत क्रियाकलापमा पार्टीकै सहभागिता देखिएको भन्दै उनले काँग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेको समेत बताए ।