१२ श्रावण २०८१, शनिबार
Follow Us

राप्रपा केन्द्रिय समिति बैठक आजबाट

नेपालब्रिटेन संवाददाता
१ पुष २०८०, आईतवार ०६:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी पुस ३ गतेसम्म जारी रहनेछ ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार आज देखी सुरु हुने केन्द्रिय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको अजेन्डा पेश गर्र्दैछन् र

बैठकमा महासचिवले  सांगठानिक प्रतिवेदन तथा  र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्दैछन भने भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफलबाट केन्द्रिय समितिले भावी कार्यक्रम र अजेन्डा तय गर्नेछ ।