२२ बैशाख २०८१, शनिबार
Follow Us

लिभरपुल नेपाली समाजद्धारा भूकम्प पीडितको लागि सहयोग

नेपालब्रिटेन डट कम्
१ पुष २०८०, आईतवार १३:४८

लण्डन । बेलायतस्थित लिभरपुल नेपाली समाजले भूकम्प पीडितको लागि आर्थिक सहयोग गरेको छ ।

गत महिना जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितको लागि समाजले गैरआवासीय नेपाली संघ मार्फत ८० हजार रुपैयाँ सहयोग पठाएको हो ।

समाजका अध्यक्ष डा. मनोहरी बुढाथोकी र संस्थाका सल्लाहकार प्रविण घिमिरेले आइतवार संघको केन्द्रीय कार्यालय काठमाण्डौंमा पुगेर प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतलाई सो रकम हस्तान्तरण गरेको संघले जनाएको छ ।

अध्यक्ष बुढाथोकीले संस्थाले स्थापनाकाल देखि बिभिन्न परोपकारी काम गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि नेपालमा हुने प्रकृति प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यकारी निर्देशक राउतले भूकम्प पीडितको लागि संकलित रकम जति सक्दो छिटो पीडित क्षेत्रमा पठाइने जानकारी दिए । यसअघि गैरआवासीय नेपाली संघले भूकम्प पीडित क्षेत्रमा दिर्घकालिन रुपमा पुर्नस्थापनाका सहयोग गर्ने निर्णय गरेको थियो ।