२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अनुशासन समितिको संयोजकमा रतन झा

नेपालब्रिटेन डट कम्
२ पुष २०८०, सोमबार ०१:२५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनुशासन समिति गठन गरिएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको पदाधिकारी बैठकले संघको अनुशासन समितिको संयोजकमा रतन झालाई मनोनित गरेको छ । उनी संघको पूर्व महासचिव समेत हुन् ।

सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहेका छन् ।