२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार ०६:१४

काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन ।

नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मान द्वारा सम्मानित भएकी हुन् ।

गत १७ डिसेम्बरमा दुबईस्थित होटेल याक एन्ड यति एभरेस्ट ग्रान्ड एस्टोरिया होटेल वर दुबईमा  भएको अवार्ड समारोहमा गायिका लामालाई ‘ज्योति फिल्म्स संगीत रत्न’ सम्मान द्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरि चर्चित गायिका पूर्णिमा लामालाई सम्मान गरिएको थियो ।

नेपाली गीत संगीत क्षेत्रमा चम्किलो ताराको रूपमा आफ्नो स्थान जमाउन सफल भएको भन्दै गायिका लामाको तारिफ गरिएको थियो ।

‘मुटु जल’ खरानी भो,’ ‘फूल भनाँै जिन्दगीलाई,’ जस्ता दर्जनौँ  गीत गाइसकेकी लामाले हालै मात्र ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत सार्बजनिक गरेकी छन् ।